३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

महाशिवरात्रीको अवसरमा प्रथम SYC कप खुला नकआउट फुटबल प्रतियोगिता हुने

खबर सम्बाददाता २१ माघ २०८२, बुधबार
महाशिवरात्रीको अवसरमा प्रथम SYC कप खुला नकआउट फुटबल प्रतियोगिता हुने

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा रहेको स्वतन्त्र युवा क्लबले स्थानीय खेल प्रतिभाको विकास, खेलमैत्री सम्बन्ध विस्तार तथा खेलकुदको माध्यमबाट एकता र अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यले महाशिवरात्रिको अवसरमा प्रथम SYC कप २०८२ खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता फाल्गुन १ गतेदेखि सञ्चालन हुने क्लबले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ६५ हजार ५ सय ६५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु. ४१ हजार १ सय ४१ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। पुरस्कार रकममा १५ प्रतिशत कर कट्टा गरिने समेत जनाइएको छ।प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले रु. ४ हजार ५ सय ५१ रुपैयाँ तिरेर टिम दर्ता गर्न सक्नेछन्। दर्ता शुल्कको ५० प्रतिशत रकम अग्रिम रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिता ANFA को Law of the Game का आधारभूत नियमअनुसार सञ्चालन गरिनेछ। फाइनल खेलको कुल समय ९० मिनेट रहनेछ भने अन्य खेलहरूको समय प्रतियोगिता समितिको निर्णयअनुसार तोकिने आयोजकले जनाएको छ। खेल नकआउट प्रणालीमा सञ्चालन हुनेछ।प्रत्येक टिमले १६ जना खेलाडी, १ जना कोच र १ जना म्यानेजर गरी जम्मा १८ जनाको नामावली खेल सुरु हुनु अगावै बुझाउनुपर्नेछ।

खेलको समयमा बराबरी भएमा पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिनेछ। खेलका क्रममा खेलाडीलाई चोटपटक लागेमा प्राथमिक उपचार बाहेकको सम्पूर्ण जिम्मेवारी सम्बन्धित टिम तथा खेलाडी स्वयंको हुने आयोजकले स्पष्ट पारेको छ।प्रत्येक टोलीले अनिवार्य रुपमा जर्सी, जुत्ता, मोजा र शिन गार्ड लगाउनु पर्ने,साथै आयोजक र रेफ्रीमाथि उजुरी नलाग्ने व्यवस्था गरिएको छ।खेलमा येलो कार्ड प्राप्त गर्ने खेलाडीलाई रु. ३०० र रेड कार्ड प्राप्त गर्ने खेलाडीलाई रु. ५०० जरिवाना लाग्नेछ। सो जरिवानाका लागि खेल सुरु हुनुअघि धरौटी स्वरूप रु. १,००० जम्मा गर्नुपर्ने नियम राखिएको छ।

टिम दर्ताको अन्तिम मिति माघ २९ गते साँझ ५ बजेसम्म तोकिएको छ भने टाइसिट सोही दिन साँझ ६ बजे प्रकाशन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन फाल्गुन १ गते दिउँसो २ बजे हुने बताइएको छ।यसै अवसरमा सितोरियो कराँतेतर्फ लालझाडी गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका डोजोहरूको सहभागितामा महिला तथा पुरुष प्रतियोगिता पनि सञ्चालन गरिनेछ। कराते प्रतियोगितामा २५ के.जी. देखि ६० के.जी. तौल समूहका खेलाडी सहभागी हुनेछन्। प्रवेश शुल्क निःशुल्क रहने र प्रतियोगिता सितोरियो कराते संघ जिल्ला कञ्चनपुरका सेन्सेईहरूद्वारा सञ्चालन गरिने स्वतन्त्र युवा क्लबका अध्यक्ष रामकृष्ण रानाले जानकारी दिनुभयो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin