Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? ( सुदूरपश्चिम विशेष )

खबर सम्बाददाता २९ माघ २०८२, बिहीबार
कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? ( सुदूरपश्चिम विशेष )

धनगढी – सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुर्गम जिल्लामा उम्मेदवारका लागि खर्चको सीमा सुगम जिल्लाको तुलनामा बढी निर्धारण गरिएको छ। निर्वाचन आयोगले भौगोलिक कठिनाइ, यातायात पहुँच र प्रचार–प्रसारको व्यावहारिक खर्चलाई आधार मान्दै यस्तो व्यवस्था गरेको जनाएको छ।

सबैभन्दा बढी खर्च सीमा डोटी, बझाङ र बैतडी जिल्लाका उम्मेदवारका लागि तोकिएको छ। यी जिल्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्।

त्यस्तै, कैलाली–५, दार्चुला, डडेल्धुरा र बाजुरा का उम्मेदवारका लागि खर्च सीमा ३१ लाख रुपैयाँ तोकिएको छ।

बाँकी नौ निर्वाचन क्षेत्रका लागि भने २९ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरिएको छ। यसअन्तर्गत:

  • अछाम–१ र २
  • कैलाली–१, २, ३ र ४
  • कञ्चनपुर–१, २ र ३

यी क्षेत्रमा उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले तोकेको खर्च सीमाभित्र रहेर मात्रै प्रचार–प्रसार तथा निर्वाचन गतिविधि सञ्चालन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। सीमा नाघेमा कानुनअनुसार कारबाही हुने व्यवस्था छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin