१६ श्रावण २०८३, शनिबार
बि प्लस खबर

लालझाडी ४ मा प्रथम SYC फुटबल तथा सितोरियो कराँते प्रतियोगिता २०८२ उद्घाटन

खबर सम्बाददाता १ फाल्गुन २०८२, शुक्रबार
लालझाडी ४ मा प्रथम SYC फुटबल तथा सितोरियो कराँते प्रतियोगिता २०८२ उद्घाटन

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ४ पर्सियामा प्रथम SYC फुटबल तथा सितोरियो कराँते प्रतियोगिता २०८२ को आज एक भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ। युवाहरूमा खेलप्रति रुचि अभिवृद्धि गर्दै अनुशासन, स्वास्थ्य र सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा फुटबल प्रतियोगिता संयोजक ओमप्रकाश रानाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा उपस्थित रहनु भएको थियो। मन्त्री थापाले खेलकुदले युवालाई कुलतबाट टाढा राख्दै अनुशासित र सक्षम नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता स्थानीय स्तरका प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गाउँपालिका अध्यक्ष निर्मल राना र उपाध्यक्ष सपना चौधरी राना को उपस्थिति रहेको थियो। उहाँहरूले गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वतन्त्र युवा क्लबका अध्यक्ष रामकृष्ण रानाले स्वागत मन्तव्य राख्दै प्रतियोगितालाई सफल बनाउन स्थानीय युवाहरूको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउनुभयो। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा केयर टेकर हस्पिटल प्रा.ली., धनगढी रहेको छ। कार्यक्रम सञ्चालन हेमन्त रानाले गर्नुभएको थियो।


पुरस्कार र प्रतियोगिता तालिका
आयोजकका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद रु. ६५ हजार ५ सय ६५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ४१ हजार १ सय ४१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

टिम दर्ताको अन्तिम मिति फाल्गुन ३ गते साँझ ५ बजेसम्म तोकिएको छ भने सोही दिन साँझ ६ बजे टाइसिट सार्वजनिक गरिनेछ। मुख्य प्रतियोगिता फाल्गुन ४ गते दिउँसो १२ बजेदेखि सुरु हुनेछ।

सितोरियो कराँते प्रतियोगिता पनि सञ्चालन
फुटबलसँगै सितोरियो कराँतेतर्फ पनि प्रतियोगिता आयोजना गरिनेछ। गाउँपालिका वडा नं. १ देखि ६ सम्मका डोजोहरूको सहभागितामा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ। २५ केजीदेखि ६० केजीसम्मका तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin