३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढीको चार क्षेत्रमा आकासे पुल बनाउने मनुको घोषणा

खबर सम्बाददाता ११ फाल्गुन २०८२, सोमबार
धनगढीको चार क्षेत्रमा आकासे पुल बनाउने मनुको घोषणा

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का काँग्रेस उम्मेदवार नरनारायण शाह ‘मनु’ले धनगढी उपमहानरपालिकाका चार क्षेत्रमा आकासे पुल बनाउने घोषणा गरेका छन् । आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत शाहले यस्तो घोषणा गरेका हुन् । ‘धनगढीको शहीद गेट, चौराहा, एलएन चोक र क्यम्पस रोडमा आकासे पुल निर्माण गर्ने अठोट लिएको छु,’ शाहले भने ।

शाहले यसअघि नै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । शाहले आफू निर्वाचित भए धनगढीलाई महानगरपालिका बनाउन पहल गर्ने पनि बताएका छन् । शाहले संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin