३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

नागरिक उन्मुक्ति पार्टी नेपाल कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश

खबर सम्बाददाता १२ फाल्गुन २०८२, मंगलवार
नागरिक उन्मुक्ति पार्टी नेपाल कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश


काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश गरेका छन्। आफूले उठाउँदै आएका विषय रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मिलेकाले सहमति जनाएको बताए।
उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका हुन्। प्रवेश कार्यक्रममा बाेल्दै चाैधरीले भने, मेराे एजेन्डा सुशासन, समावेशीता, विकास रहेकाे थियाे। जुन रास्वपाका उम्मेदवारकाे पनि रहेकाे छ । परिवर्तनका लागि हामी एक ठाउँ आउन जरुरी ठानेर आफ्नो उम्मेदवारी स्थगित गरेकाे हुँ।´ उक्त कार्यक्रममा चन्दले चाैधरी जस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेकाे बताए। उनले भने,उहाँको आगमनले रास्वपा थप बलियो भएकाे महशुस गरेकाे छु।´
उनी गत निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार बनेका थिए। ५००० हजार भन्दा मत प्राप्त गरेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin