१६ श्रावण २०८३, शनिबार
बि प्लस खबर

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात सुपका जनताले स्तरिय स्वास्थ्य सेवा पाउने

खबर सम्बाददाता १३ फाल्गुन २०८२, बुधबार
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात सुपका जनताले स्तरिय स्वास्थ्य सेवा पाउने

फागुन १३, कैलाली
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात सुपका जनताले स्तरिय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नु भएको छ ।


बुधबार मुख्यमन्त्री शाह र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरुबीच विश्वविद्यालय सञ्चालनका सम्बन्धमा छलफल थियो । छलफलमा मुख्यमन्त्रि शाहले सुपका जनतामा स्तरिय स्वास्थ्य सेवा पहुँच पुर्याउनजका लागि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटो ञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको छ ।


साथै मुख्यमन्त्रि शाहले विश्वविद्यालय जनताको स्वास्थ्य र शिक्षासँग प्रत्य क्षरुपमा जोडिएकोले यसको सञ्चालनका लागि सरकार तयार रहेको र सरकार तर्फबाट गर्नुपर्ने आवश्यक सहयो गर्न तयार रहेको बताउनु भयो । बैठकमा सुदुरपश्चिमको गौरबको आयोजना विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारबारे समेत छलफल भएको थियो ।


छलफलमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी, रजिस्ट्रार प्रा.डा. खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रमुख सचिव वैकुण्ठ प्रसाद अर्याल लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin