Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

धनगढी उपमहानगरपालिकामा प्रदेशस्तरीय सीप तथा रोजगार मेला सम्पन्न, ६०० युवायुवती लाभान्वित

खबर सम्बाददाता १३ फाल्गुन २०८२, बुधबार
धनगढी उपमहानगरपालिकामा प्रदेशस्तरीय सीप तथा रोजगार मेला सम्पन्न, ६०० युवायुवती लाभान्वित

धनगढीमा एक महिनादेखि सञ्चालन भएको प्रदेशस्तरीय सीप तथा रोजगार मेला सम्पन्न भएको छ। समापन कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उक्त मेलाले बेरोजगार युवायुवतीलाई स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पुर्‍याउने बताएकी छन्।


उनले तालिम प्राप्त गरेपछि त्यसलाई उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बन्न सकिने उल्लेख गर्दै सीपमूलक कार्यक्रमले युवाको भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। गत वर्ष सञ्चालन गरिएको यस्तै मेलाबाट पनि धेरै युवायुवती स्वरोजगार बन्न सफल भएको उनको भनाइ थियो।
उपप्रमुख रानाका अनुसार मेलामार्फत २२ वटा विभिन्न विषयमा सीपमूलक तालिम प्रदान गरिएको थियो। यस वर्ष सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये ८४ पालिकाका करिब ६०० युवायुवतीले तालिम लिएका छन्।


कार्यक्रममा उनले तालिमबाट प्राप्त सीपको सही सदुपयोग गर्दै आत्मनिर्भर बन्न र स्वरोजगार सिर्जना गर्न सहभागी युवायुवतीलाई आग्रह गरिन्।
उक्त मेला युवायुवतीको क्षमता विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनमा प्रभावकारी बनेको आयोजकले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin