१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

भारत नेपाल मैत्री महोत्सवमा रानाले उठाए लागु औषध नियन्त्रणको मुद्दा

खबर सम्बाददाता १५ फाल्गुन २०८२, शुक्रबार
भारत नेपाल मैत्री महोत्सवमा रानाले उठाए लागु औषध नियन्त्रणको मुद्दा

कैलाली । नेपाल र भारतबीचको ऐतिहासिक मित्रतालाई थप प्रगाढ बनाउन भाषा र संस्कृतिको अहम् भूमिका रहने भन्दै नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमलसिंह रानाले यसलाई संरक्षण र प्रवर्द्धन गर्न दुवै देशका नागरिकहरू सचेत हुनुपर्ने बताएका छन् ।

भारत–नेपाल मैत्री महोत्सव २०२६ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य र संस्कृतिले दुई देशका जनताबीच भावनात्मक सम्बन्ध मजबुत बनाउने उल्लेख गरे ।

भाषाविद् राना नेपालको तर्फबाट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उपजिल्ला अधिकारी (न्यायिक) पलिया आरती यादव, ब्लक प्रमुख पलिया वीरेन्द्र शुक्ला, तहसीलदार पलिया ज्योति वर्मा, डीएसपी पलिया जितेन्द्र सिंह परिहार, नगरपालिका अध्यक्ष लक्ष्मण गुप्ता तथा परियोजना अधिकारी कृष्ण पाल लगायतको उपस्थिति रहेको थियो ।

खुला सीमा, साझा इतिहास, रहनसहन र पारिवारिक सम्बन्धले जोडिएका नेपाल–भारत सम्बन्धलाई दिगो बनाउन सांस्कृतिक एकता जोगाउन आवश्यक रहेको उनले बताए ।
रानाले स्थानीय भाषा र परम्परागत संस्कृतिहरू लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै तिनको संरक्षणमा राज्य तथा समुदाय दुवैको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे । उनले कला, साहित्य र सांस्कृतिक आदान–प्रदानका कार्यक्रमलाई निरन्तरता दिन सकेमा आपसी समझदारी र सद्भाव अझ सुदृढ हुने बताए ।

दुधवा टाइगर रिजर्भको चन्दन चौकीमा आयोजित महोत्सवमा उनले नेपाल–भारत खुला सीमाका कारण लागू पदार्थ दुर्व्यसनको समस्या बढ्दै गइरहेको उल्लेख गर्दै नेपालमा लागू औषध भित्रिन नदिन भारतीय पक्षलाई ध्यानाकर्षण गराए ।

संस्कृति–पर्यटन विभाग, उत्तर प्रदेश र जिल्ला प्रशासनको संयुक्त आयोजनामा उत्तर प्रदेशका विभिन्न आठ स्थानमा महोत्सव आयोजना भइरहेको छ । कार्यक्रममा सीमाभन्दा परको मित्रता, परम्परा र सांस्कृतिक एकताको सशक्त सन्देश प्रवाह गरिएको थियो ।

वक्ताहरूले भारत–नेपालबीचको ऐतिहासिक मित्रतालाई अझ सुदृढ बनाउँदै सांस्कृतिक आदान–प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । ग्लोबल ट्राइबल ट्रस्टका ओमप्रकाश राना (प्रधान) रानाथारु समुदायको भाषा, साहित्य र संस्कृतिलाई भारतमा बिकास तथा प्रवर्द्धन गर्न महत्वपुर्ण भुमिका खेल्दै आएका छन , राना नेपालका अगुवा, भाषाप्रेमी , साहित्यकार र स्माजसेबी सङ राम्रो सम्बन्ध बनाएका छन र रानाको आयोजना र सहकार्यमा दुबै देशमा गतिबिधी गर्न सजिलो भएको छ!

कार्यक्रममा लोक संस्कृतिका प्रस्तुति पनि रहेका थिए । दीपिका मिश्रा, गौरी शंकर र सुप्रिया लगायतका भारतीय गायकहरूले महोत्सवमा प्रस्तुति दिएका थिए । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार राकेश उपाध्यायको प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin