१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

कैलाली-५ मा मनु को आत्मविश्वास: ‘युवाको साथ दह्रो छ, युवाले नै जिताउँछन्’

खबर सम्बाददाता १८ फाल्गुन २०८२, सोमबार
कैलाली-५ मा मनु को आत्मविश्वास: ‘युवाको साथ दह्रो छ, युवाले नै जिताउँछन्’

प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा कैलाली ५ मा चुनावी सरगर्मी पनि झनझन् तातेको छ । सबै उम्मेदवारहरुले अथक प्रयास र सक्रियतापछि आ आफ्नो सम्भावना दाबी गरिरहेका छन् ।

यहीबीच कैलाली ५ मा बलियो उम्मेदवारका रुपमा स्थापित नेपाली काँग्रेसका नर नारायण शाह (मनु)को आत्मविश्वास पनि झनै चुलिँदै गएको छ ।

उनले आफूलाई पछिल्लो समय युवाहरुको समर्थन बलियो रुपमा मिलिरहेको दाबी गर्दै युवाकै समर्थन र युवाकै मतले जित हासिल गर्ने बताएका छन् । ‘युवाको साथ दह्रो छ’, उनले भने, ‘युवाले नै जिताउँछन् ।’

शाहले यसपालीको चुनावमा युवाका लागि रोजगारी, सीपमुलक तालिम, स्टार्टअपलाई प्रोत्साहन, खेलकुद पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा लगायतका योजनालाई मुलभूत रुपमा उठाएका छन् ।

विकास र युवामैत्री योजना र मतदातासँगको प्रत्यक्ष संवादले मतदातबीचको दूरी घटाएको र शाहप्रतिको समर्थन बढ्दै गएको विश्लेषण गरिएको छ ।

त्यसो त चुनावी अभियानका क्रममा पनि शाहको चुनावी प्रचार सामाग्री व्यवस्थापनदेखि रणनीतिक योजना बनाउने काममा पनि युवाहरुको सक्रियता अग्र स्थानमा रहेको काँग्रसी नेताहरुले बताएका छन् । पछिल्लो समय बढेको युवाको क्रेजले पनि कैलाली ५ मा शाहको सम्भावनालाई बल पुर्याएको काँग्रेसी नेताहरुले बताएका छन् ।

यता शाह स्वयमले पनि कैलाली ५ मा आफ्नो जित निश्चित भएको दाबी गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin