१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

धनगढीमा दुई समूहबिच झडपः १२ जना नियन्त्रणमा, सुरक्षा व्यवस्था कडा

खबर सम्बाददाता १९ फाल्गुन २०८२, मंगलवार
धनगढीमा दुई समूहबिच झडपः १२ जना नियन्त्रणमा, सुरक्षा व्यवस्था कडा

कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ युवाहरूका दुई समूहबिच भएको विवादले उग्र रूप लिँदा झडप भएको छ ।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, झडपमा केही व्यक्तिहरू घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मीले घटनास्थलबाटै शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएको हो ।

झडप नियन्त्रण गर्ने क्रममा केही प्रहरी कर्मचारीसमेत घाइते भएका छन् भने प्रहरीको एउटा सवारी साधनमा सामान्य क्षति पुगेको जानकारी दिइएको छ । युवाहरूबिच कुन विषयलाई लिएर विवाद भएको हो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही गरिने जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin