रानाथारु होरी मिलन कार्यक्रम समितिको आयोजना र धनगढी १७ को आर्थिक सहयोगमा होरी मिलन कार्यक्रम २०८२ रानाथारु होरी मिलन कार्यक्रम समितीका अध्यक्ष सरिता रानाको सभाध्यक्षता र धनगढी १७ का वडाध्यक्ष माधावराज रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथी धनगढी १५ का वडाध्यक्ष सुखदेव राना , धनगढी ७ का निवर्तमान अध्यक्ष सिताराम राना ,निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त लगायत जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।




कार्यक्रममा रानाथारु समुदायमा खेलिने विभिन्न होरी नाच , सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो र कार्यक्रममा रानाथारु समुदायको परिकार पकवान रहेको थियो ।
कार्यक्रम मा रानाथारु लोक गायक राम आसरे रानाको प्रस्तुती रहेको थियो ।