१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

मानवताका लागि ११२ पटक रक्तदान गर्ने दीपक उपाध्याय अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

खबर सम्बाददाता ३ चैत्र २०८२, मंगलवार
मानवताका लागि ११२ पटक रक्तदान गर्ने दीपक उपाध्याय अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

मानवताका लागि ११२ पटक रक्तदान गर्ने दीपक उपाध्याय अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

कैलाली — मानवताको सेवामा समर्पित रक्तदाता दीपक उपाध्याय “वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान–२०२६” बाट सम्मानित भएका छन्। भारतस्थित प्रगति फाउण्डेशन ट्रस्टद्वारा प्रदान गरिएको उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्व विधायक हरिराम चेरोले प्रदान गरेका थिए।

समाजमा जीवन बचाउने अभियानलाई निरन्तरता दिँदै हालसम्म ११२ औँ पटक रक्तदान गरेर मानव सेवाको उदाहरण प्रस्तुत गरेको भन्दै उपाध्यायलाई विशिष्ट आतिथ्यतासहित सम्मान गरिएको आयोजकले जनाएको छ।

रक्तदान केवल एक दान नभई मानवताको सबैभन्दा ठूलो सेवा हो भन्ने सन्देश दिँदै उपाध्यायले लामो समयदेखि निःस्वार्थ रूपमा रक्तदान गर्दै आएका छन्। उनको यस सेवामूलक योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय स्तरमै सम्मान गरिएको हो।

कार्यक्रममा भारतका विभिन्न प्रदेशबाट सयौँ रक्तदाताहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा मानव जीवन बचाउने अभियानमा सक्रिय व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै रक्तदानलाई सामाजिक अभियानको रूपमा अघि बढाउनुपर्ने कुरामा जोड दिइएको थियो।

दीपक उपाध्यायको यो सम्मानले रक्तदानको क्षेत्रमा समर्पित अन्य युवाहरूलाई पनि मानव सेवामा प्रेरित गर्ने विश्वास गरिएको छ।

को हुन् वीर बिरसा मुन्डा ?
वीर बिरसा मुन्डा (१५ नोभेम्बर १८७५ – ९ जुन १९००) भारतका एक आदिवासी स्वतन्त्रता सेनानी तथा मुन्डा जनजातिका लोकनायक हुन्। उनले ब्रिटिस शासनकालमा १९औँ शताब्दीको अन्त्यतिर हालको झारखण्ड क्षेत्रमा भएको आदिवासी धार्मिक तथा सामाजिक आन्दोलनको नेतृत्व गरेका थिए।

उनको नेतृत्वमा भएको आन्दोलनले भारतीय स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण स्थान बनाएको छ। भारतका आदिवासी समुदायले उनलाई भगवानसरह मान्ने गर्छन् र उनी “धरती आबा” (धरतीका पिता) नामले पनि परिचित छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin