१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

नागरिक लगानी कोष र निसर्ग हस्पिटलबीच सम्झौता, उपचारमा २५%सम्म छुट

खबर सम्बाददाता ४ चैत्र २०८२, बुधबार
नागरिक लगानी कोष र निसर्ग हस्पिटलबीच सम्झौता, उपचारमा २५%सम्म छुट

नागरिक लगानी कोष र निसर्ग हस्पिटलबीच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ। उक्त सम्झौताअनुसार कोषका कर्मचारी, सेयरधनी तथा आबद्ध सहभागीहरूले निसर्ग हस्पिटलमा उपचार गराउँदा ५ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतामा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र नागरिक लगानी कोषका शाखा प्रमुख दिपक घिमिरेले हस्ताक्षर गरेका छन्। यस सहकार्यले कोषसँग आवद्ध व्यक्तिहरूलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निजी क्षेत्रबाट सञ्चालित निसर्ग हस्पिटल सुदूरपश्चिम क्षेत्रमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल हो। १०० शैयाको क्षमता रहेको यस अस्पतालले २४ सै घन्टा विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

सम्झौताले सेवाग्राहीलाई गुणस्तरीय उपचारमा पहुँच विस्तार गर्ने विश्वास लिइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin