१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

लालझाडी मा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आँखा शिविरको उद्घाटन

खबर सम्बाददाता १० चैत्र २०८२, मंगलवार
लालझाडी मा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आँखा शिविरको उद्घाटन

लालझाडी गाउँपालिका मा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विशेष आँखा शिविर कार्यक्रमको उद्घाटन गरिएको छ।

लालझाडी गाउँपालिका, च्यारेटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय को संयुक्त आयोजनामा गाउँपालिकाका वडा नं. १ देखि ६ सम्म रहेका ७ वटा स्वास्थ्य संस्थामा आँखा शिविर सञ्चालन गरिने बताएका छन ।

उक्त आँखा शिविर कार्यक्रमको मुख्य उद्देश्य स्थानीय नागरिकलाई आँखा सम्बन्धी समस्याबाट जोगाउनुका साथै समयमै उपचारको पहुँच उपलब्ध गराउनु रहेको आयोजकले बताएका छन्। ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले सहज रूपमा विशेषज्ञ सेवा पाउन सकून् भन्ने लक्ष्यका साथ शिविर आयोजना गरिएको गाँउपालिका अध्यक्ष निर्मल रानाले बताएका हुन ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निर्मल राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, च्यारेटी हेल्थ फाउन्डेसनका कार्यक्रम निर्देशक अनिल न्यौपाने , स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

शिविरमार्फत निःशुल्क आँखा परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिने जानकारी दिइएको छ। यस कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। कोहि पनि नछुट्नको लागि जुनसुकै वडामा आँखा चेकजाच गराउन सक्ने छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin