१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

सांसदहरूको शपथग्रहणमा सुनिने छ सुदूरपश्चिम प्रदेशको थारु, रानाथारु र कठरिया भाषा

खबर सम्बाददाता १० चैत्र २०८२, मंगलवार
सांसदहरूको शपथग्रहणमा सुनिने छ  सुदूरपश्चिम प्रदेशको थारु, रानाथारु र कठरिया भाषा

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहण १२ चैतमा हुने भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य रहेका नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदलाई शपथ गराउने कार्यक्रम छ।

सुदूरपश्चिम प्रदेशका थारु सांसदहरूले आफ्नै मातृभाषामा शपथ लिने इच्छा व्यक्त गरेका छन्,

 जसमा गीता चौधरीले थारु भाषामा , कृपाराम रानाले रानाथारु भाषामा र करिश्मा कठरियाले कठरिया भाषामा शपथ लिने तयारी गरेका छन्। यी तीनै जना समानुपातिक प्रणालीमार्फत सांसद बनेका हुन्।

शपथसम्बन्धी ऐन २०७९ अनुसार सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था रहेको छ। सोही आधारमा सांसदहरूले आफूले रोजेको भाषाको विवरण संसद सचिवालयमा दर्ता गराएका हुन्।

 गीता चौधरी र करिश्मा कठरिया रास्वपा र कृपाराम राना नेकपा एमाले बाट सांसद बनेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin