१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

लालझाडीमा नसर्ने रोगको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न , २१९ जनाले पाए सेवा

खबर सम्बाददाता १३ चैत्र २०८२, शुक्रबार
लालझाडीमा नसर्ने रोगको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न , २१९ जनाले पाए सेवा

लालझाडी गाउँपालिका–३, नन्दगाउँस्थित लालझाडी आधारभूत अस्पतालमा आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट कुल २१९ जना सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा महिला १५५ र पुरुष ६४ जनाले स्वास्थ्य सेवा लिएका हुन्।

शिविर लालझाडी गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको आर्थिक सहयोगमा सञ्चालन गरिएको थियो। नसर्ने रोग (NCD) सम्बन्धी जाँच तथा परामर्शलाई केन्द्रमा राखी विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रदान गरिएको थियो भनेर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताए ।

उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वास (COPD/दम) जाँच
सामान्य चिकित्सकद्वारा स्वास्थ्य परीक्षण र परामर्श
आहार, व्यायाम तथा जीवनशैली सुधार सम्बन्धी सुझाव
निःशुल्क एक्स–रे (X-ray) र ECG सेवा
नेबुलाइजर (Nebulizer) सेवा
चिकित्सकको सिफारिसअनुसार निःशुल्क औषधि वितरण
जटिल अवस्थाका बिरामीलाई रिफरल सेवा शिविरमा उपलब्ध रहेका थिए ।

स्थानीय बासिन्दाले घर नजिकै विशेषज्ञ सेवा पाउँदा सन्तुष्टि व्यक्त गरेका छन्।

उक्त नि: शुल्क स्वास्थ्य शिविरमा गाँउपालिका अध्यक्ष निर्मल राना , लालझाडी २ का वडाध्यक्ष आशाराम राना , ३का वडाध्यक्ष टिकाराम डगौरा , ५ का वडाध्यक्ष पहल बहादुर थापा , जनप्रतिनिधिहरु , रेडक्रसका प्रतिनिधि , महिला स्वयंमसेविका , स्थानीय र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin