२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

रैथाने असला, सहर तथा कत्ला माछाको संरक्षणका लागि मन्त्रिपरिषद्बार अनुदान स्वीकृत

खबर सम्बाददाता २५ बैशाख २०८३, शुक्रबार
रैथाने असला, सहर तथा कत्ला माछाको संरक्षणका लागि मन्त्रिपरिषद्बार  अनुदान स्वीकृत


काठमाडौं । सरकारले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षणका लागि अनुदान सहायत स्वीकार गरेको छ ।
वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा संरक्षणका लागि अनुदान सहायता कार्यक्रम स्वीकृत गरेको हो ।
विश्व वातावरण सुविधा (GEF) अन्तर्गतको Global Biodiversity Framework Fund (GBFF) मार्फत प्राप्त हुने करिब कुल १.४५ मिलियन अमेरिकी डलरमध्ये प्राविधिक सहायता खर्च कटौती पश्चात बाँकी रहने करिब १.२७ मिलियन अमेरिकी डलर नेपाल सरकारको संघीय संचित कोषमार्फत प्राप्त हुनेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको “मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायहरूको दिगो जीविकोपार्जन” नामक परियोजनाका लागि सो रकम सरकारले स्वीकृत गरेको हो । सो कार्यक्रमअन्तर्गत मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षण, पुनःस्थापना तथा स्थानीय माछा मार्ने समुदायको दिगो जीविकोपार्जनमा सहयोग पुर्याइने लक्ष्य राखिएको छ ।
यसअन्तर्गत जैविक विविधतामैत्री अभ्यास विस्तार, संकटापन्न माछा प्रजातिको उत्पादन तथा पुनःस्थापना, एक्वाफार्म स्थापना लगायत कार्य गरिने छ । यो परियोजना नुवाकोट जिल्लाका आवश्यक स्थानीय तहहरूमा सञ्चालन गरिनेछ । परियोजनाको कार्यान्वयन अवधि सन् २०२६ देखि २०२९ सम्म, अर्थात् तीन वर्षको रहनेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin