१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखिकरण धनगढी ७ मा सम्पन्न , अनपेक्षित घटनाहरु देखिएमा १११५ मा जानकारी गराउने

खबर सम्बाददाता ३० बैशाख २०८३, बुधबार
समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखिकरण धनगढी ७ मा सम्पन्न , अनपेक्षित घटनाहरु देखिएमा १११५ मा जानकारी गराउने

धनगढी उप–महानगरपालिका को आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम धनगढी–७ का वडाध्यक्ष मोति राना को सभाध्यक्षतामा सम्पन्न भएको हो।
अभिमुखिकरण कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बेलीकी प्रमुख जयकला रावल , स्थानीय महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका प्रतिनिधि तथा अन्य समुदाय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा समुदायस्तरमै रोगको प्रारम्भिक पहिचान गर्ने तरिका, सूचना संकलन प्रक्रिया, र शंकास्पद रोग देखिएमा सम्बन्धित निकायलाई समयमै जानकारी गराउने विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा PHRD नेपाल का कार्यक्रम अधिकृत उपेन्द्र कार्कीले प्रस्तुतीकरण गर्दै समुदायको सक्रिय सहभागिताबिना प्रभावकारी रोग निगरानी सम्भव नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रमका वक्ताहरूले समुदायमै रोग निगरानी प्रणाली सुदृढ भएमा सरुवा तथा संक्रामक रोगहरूको फैलावटलाई प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे । अनपेक्षित जनस्वास्थ्य घटनाहरु देखिएमा सुचना प्रवाहको लागि टोल फ्री नम्बर १११५ मा नि: शुल्क फोन गरेर जानकारी गराउन सकिने छ । साथै, स्वास्थ्य सचेतना अभिवृद्धि र सामुदायिक सहभागिताबाट मात्र प्रभावकारी रोग नियन्त्रण सम्भव हुनेमा जोड दिइएको थियो।

उक्त अभिमुखिकरण कार्यक्रमले समुदाय र स्थानीय तहबीच समन्वय बढाउँदै स्वास्थ्य सुरक्षामा सकारात्मक टेवा पुग्ने विश्वास रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin