१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

डोटीको रघुनाथ माविलाई एक लाख बढीको शैक्षिक तथा औषधि सहयोग

खबर सम्बाददाता ११ जेष्ठ २०८३, सोमबार
डोटीको रघुनाथ माविलाई एक लाख बढीको शैक्षिक तथा औषधि सहयोग


डोटी — डोटी जिल्लाको जोरायल गाउँपालिकामा रहेको रघुनाथ माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँभन्दा बढी बराबरको शैक्षिक, खेलकुद सामग्री तथा औषधि सहयोग गरिएको छ।
बैशाख २० गते आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छात्रावास तथा पठनपाठनमा क्षति पुर्‍याएपछि आइतबार आयोजित एक कार्यक्रममा खान पुगोस् दिन पुगोस अभियान नेपालले शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ। भने धनगढीको निसर्ग हस्पिटलले पनि विद्यालयलाई औषधि सहयोग छ।

सहयोग अभियानमार्फत संकलित रकमबाट करिब एक लाख रुपैयाँ बराबरका कार्पेट, टी–फोम, शैक्षिक सामग्री तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिएका छन् ।

उनले समाजमा देखिएका विभिन्न समस्या समाधान तथा आवश्यक सहयोगका लागि अभियानलाई निरन्तर अघि बढाइने बताए।
यस्तै यस्तै धनगढीको निसर्ग हस्पिटलले उक्त कार्यक्रममा विद्यालयलाई औषधि सहयोग गरेको छ ।

विद्यालयका प्रधानाध्यापक धन बहादुर पुनले हावाहुरीका कारण छात्रावासमा क्षति पुगेपछि विद्यार्थीको बसाइ र पठनपाठन प्रभावित भएको अवस्थामा सहयोग प्राप्त हुनु सकारात्मक भएको उल्लेख गर्दै सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरे।

विद्यालयमा हाल करिब २५० जना विद्यार्थी अध्ययनरत रहेका छन्। तीमध्ये अधिकांश विद्यार्थी छात्रावासमै बसेर अध्ययन गर्ने गरेको विद्यालयले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin