१९ असार २०८३, शुक्रबार
बि प्लस खबर

लालझाडी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

खबर सम्बाददाता ३० जेष्ठ २०८३, शनिबार
लालझाडी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

माधव पौडेल, ३० जेठ।”स्थानीय स्रोतको उपयोग र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित कञ्चनपुरको लालझाडी गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ।गाउँपालिकाभित्र १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त घोषणा गरिएको हो।घोषणा कार्यक्रमको सभापति लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्रसिंह रावल, खोप फोकल पर्सन जनक कुँवर, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामी, जनप्रतिनिधि, वडा सचिव, महिला स्वास्थ्य स्वयंसेविका ,स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।  

 कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले खोज र खोप अवधारणाअनुसार प्रत्येक बालबालिकासम्म खोप सेवा पुर्‍याउन अहोरात्र खटिने स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी वर्षहरूमा पनि पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइने उल्लेख गर्नुभयो।  

  कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर २ का वडाध्यक्ष आशाराम रानाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप अभियान अत्यन्त प्रभावकारी माध्यम भएको बताउँदै पूर्ण खोप सुनिश्चितता कायम राख्न सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको धारणा राख्नुभयो। स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्रसिंह रावलले खोप कार्यक्रमले बाल मृत्युदर न्यूनीकरण तथा बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चितता कायम राख्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले बालबालिकाको स्वास्थ्य संरक्षणमा गाउँपालिकाले विशेष प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि स्वास्थ्य सेवा र खोप कार्यक्रमलाई थप सुदृढ बनाइने जानकारी दिनुभयो।

कार्यक्रमका अवसरमा गाउँपालिका कार्यालय र गाउँपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्था तथा वडा कार्यालयहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणाको प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यकै परिणामस्वरूप पूर्ण खोप सुनिश्चितता हासिल भएको बताउँदै यस उपलब्धिलाई दीगो बनाउन सबै सरोकारवालाको निरन्तर सक्रियता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष निर्मल रानाले पूर्ण खोप सुनिश्चितता घोषणा केवल उपलब्धि मात्र नभई आगामी दिनमा समेत यस अवस्थालाई कायम राख्ने प्रतिबद्धता भएको बताउनुभयो। उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले आवश्यक स्रोत र साधन परिचालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले सञ्चालन गर्नुभएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin