बैतडी, ३० जेठ ।
बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–१० मा रहेको रौलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूलाई ट्र्याक सुट तथा विद्यालयलाई औषधि सहयोग गरिएको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच ‘खान पुगोस् दिन पुगोस्’ अभियान नेपालले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो।
अभियानका संयोजक घनश्याम भट्टका अनुसार, सहयोग अभियानमार्फत संकलन भएको रकम र धनगढीस्थित निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले आफ्नो र श्रीमतीको जन्मदिनको अवसरमा सो सहयोग उपलब्ध गराउनुभएको हो।
रौलेश्वर माध्यमिक विद्यालयका १ सय ७६ जना विद्यार्थीहरूलाई ट्र्याक सुट र शैक्षिक सामग्रीहरू वितरण गरिएको छ। अभियानका संयोजक भट्टले सामाजिक कार्यमा हातेमालो गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।
यो पनि पढ्नुहोस्: धनगढीको नवजीवन अस्पतालले सोही कार्यक्रमको अवसर पारेर विद्यालयलाई आवश्यक औषधिहरू समेत सहयोग स्वरूप प्रदान गरेको छ।
कार्यक्रममा बोल्दै रौलेश्वर माविका प्रधानाध्यापक राजेन्द्र महराले विकट क्षेत्रको विद्यालयमै पुगेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने संस्था तथा सहयोगी व्यक्तिहरूप्रति विशेष आभार प्रकट गर्नुभयो। यस्ता सहयोगले विद्यार्थीहरूको नियमित विद्यालय आगमन र सिकाइमा थप ऊर्जा थप्ने उहाँको भनाइ थियो।
सामग्री हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रममा: