१९ असार २०८३, शुक्रबार
बि प्लस खबर

उग्रतारा मन्दिर परिसरमा ‘खान पुगोस् दिन पुगोस् अभियान’ द्वारा सरसफाइ

खबर सम्बाददाता ३१ जेष्ठ २०८३, आईतवार
उग्रतारा मन्दिर परिसरमा ‘खान पुगोस् दिन पुगोस् अभियान’ द्वारा सरसफाइ

डडेल्धुरा, ३१ जेठ

सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ डडेल्धुरास्थित उग्रतारा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। सामाजिक क्षेत्रमा सक्रिय ‘खान पुगोस् दिन पुगोस् अभियान नेपाल’ को आयोजनामा उक्त सरसफाइ गरिएको हो।

​अभियानका संयोजक घनश्याम भट्टका अनुसार संस्थाले सञ्चालन गर्दै आएको “हुनेले नहुनेलाई सहयोग गर्ने” मूल मर्मसँगै अब सार्वजनिक तथा धार्मिक स्थलहरूको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो। यस्ता सामाजिक तथा वातावरणीय गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवाहरूमा सामाजिक दायित्वको भावना विकास हुने विश्वास संयोजक भट्टले व्यक्त गरे।

​कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नरबहादुर साँकीले अभियानको प्रशंसा गर्दै भने, “यो अभियानले समाजमा साँच्चिकै उदाहरणीय र अनुकरणीय काम गरिरहेको छ। यस्ता पुण्य र सामाजिक कार्यहरूमा वडा कार्यालय र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक समन्वय, सहयोग र सहकार्य गर्न म सधैं प्रतिबद्ध छु।”

​उक्त सरसफाइ कार्यक्रमका लागि नवजीवन अस्पतालले डस्टबिन (फोहोर फाल्ने भाँडो) सहयोग गरेको थियो। कार्यक्रममा ‘खान पुगोस् दिन पुगोस् अभियान नेपाल’ का पदाधिकारी, सदस्यहरू, स्थानीय युवा तथा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​सामूहिक रूपमा गरिएको उक्त सरसफाइ पछि मन्दिर परिसर निकै स्वच्छ र सुन्दर देखिएको स्थानीयले बताएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin