१४ श्रावण २०८३, बिहीबार
बि प्लस खबर

लालझाडी–२ मा छात्रवृत्ति वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

खबर सम्बाददाता २३ असार २०८३, मंगलवार
लालझाडी–२ मा छात्रवृत्ति वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

लालझाडी, असार २३ – लालझाडी गाउँपालिका वडा नं. २ ले वडा क्षेत्रका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत भानु माध्यमिक विद्यालयमा प्राविधिक धार र साधारण धारतर्फ अध्ययनरत विद्यार्थीहरू लाई छात्रवृत्ति प्रदान गरिएको हो। कक्षा ९ मा प्राविधिक धारतर्फ नयाँ भर्ना भएका ७ जना विद्यार्थीलाई जनही रु. १०,००० तथा ४ जना विद्यार्थीलाई जनही रु. ५,००० का दरले छात्रवृत्ति प्रदान गरिएको छ।

त्यसैगरी, SEE परीक्षामा प्राविधिक र साधारण धारतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका ८ जना विद्यार्थीलाई क्रमशः रु. ५,०००, रु. ४,००० र रु. ३,००० प्रदान गरिएको छ। कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई पनि प्रथम, द्वितीय र तृतीयका आधारमा क्रमशः रु. ४,०००, रु. ३,००० र रु. २,००० छात्रवृत्ति वितरण गरिएको छ । 

, सिद्धबैजनाथ आधारभूत विद्यालयका कक्षा ८ का प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पनि क्रमशः रु. ४,०००, रु. ३,००० र रु. २,००० का दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै २ नं का वडा अध्यक्ष आशाराम रानाले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्दै शैक्षिक उत्कृष्टतालाई सम्मान गर्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताएका हुन ।

कार्यक्रममा वडा नं. २ का वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश राना, निवर्तमान अध्यक्ष प्रकाश राना, प्रधानाध्यापक वेद प्रकाश उपाध्याय, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin