१४ श्रावण २०८३, बिहीबार
बि प्लस खबर

धनगढी–७ नं वडाले १५ जना खेलाडी तथा प्रशिक्षकलाई गर्‍यो सम्मान

खबर सम्बाददाता २३ असार २०८३, मंगलवार
धनगढी–७ नं वडाले १५ जना खेलाडी तथा प्रशिक्षकलाई गर्‍यो सम्मान

कैलालीको धनगढी उपमहानगरपालिका–७ नं वडाको आयोजनामा  खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष मोती राना थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य प्रमोद मल्ल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा, जिल्ला तथा प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गरेका ११ जना खेलाडी र ४ जना प्रशिक्षकलाई जनही केल्मी (Kelme) ट्र्याकसुट सहित सम्मान गरिएको थियो।

हालै सम्पन्न १६ औं राष्ट्रपति रनिङ्ग प्रतियोगितामा उसु टोलीले ६ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्दै सुदूरपश्चिम प्रदेशका लागि नेपालकै इतिहासमा उल्लेखनीय सफलता हासिल गरेको थियो । सो उपलब्धिमा योगदान पुर्‍याएका १० जना खेलाडीलाई सम्मान गरिएको हो । 

यसैगरी सम्मानित हुनेहरूमा राष्ट्रिय भलिबल खेलाडी अशोक राना, उसुका प्रशिक्षक रतन खाती , एलिसा खाती र पदम ठकुल्ला  तथा टेक्वान्डोका प्रशिक्षक योगेन्द्र खोलाउला रहेका छन्।

वक्ताहरूले खेलकुदलाई युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेलाडीहरूलाई आवश्यक अवसर, प्रशिक्षण र प्रोत्साहन उपलब्ध गराउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका हुन । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin