१४ श्रावण २०८३, बिहीबार
बि प्लस खबर

एक विद्यार्थीले लालझाडीबाट प्राप्त रु. २५५० छात्रवृत्ति रकम सम्बन्धित निकायलाई गरिन फिर्ता

खबर सम्बाददाता २४ असार २०८३, बुधबार
एक विद्यार्थीले लालझाडीबाट प्राप्त रु. २५५० छात्रवृत्ति रकम सम्बन्धित निकायलाई गरिन फिर्ता

कञ्चनपुर — लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक विद्यार्थीले आफूले पाएको रु. २,५५० सम्बन्धित निकायको बैंक खातामा फिर्ता गरेकी छन्।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, टिकापुरमा कृषि विज्ञान अध्ययनरत बिपना रानाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले रकम फिर्ता गरेको जानकारी दिँदै छात्रवृत्ति वितरण प्रणालीमाथि प्रश्न उठाएकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, “एउटै गाउँपालिका भित्र कसैलाई बढी रकम र कसैलाई अत्यन्तै न्यून रकम दिइँदा शैक्षिक योग्यताको मूल्यांकन कसरी भयो ? मैले छात्रवृत्ति पाएको रकम फिर्ता गरेको होइन, छात्रवृत्ति वितरण प्रणालीलाई निष्पक्ष, पारदर्शी र वास्तविक योग्यताका आधारमा बनाउन आग्रह गर्दछु ।”

गाँउपालिकाबाट +२ , स्नातक र स्नातकोत्तरमा अध्ययन गर्ने प्राविधिक धार र साधारण धार गरी जम्मा १४१ जनासम्मलाई ४ लाख ७५ हजार रुपैया बराबरको छात्रवृत्ति प्रदान गरिएको छ । प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीलाई अधिकतम १२ हजार रुपैया  र साधारण धार तर्फ अध्ययन विद्यार्थीलाई २ हजार ५ सय ५० रुपैयासम्म छात्रवृत्ति वितरण गरेको छ । 

लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार उच्च शिक्षा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि अध्यक्ष विशेष छात्रवृत्ति वितरण गरेको थियो। 

यस विषयमा प्राविधिक त्रुटि भएको हुन सक्ने बताएका छन । छात्रवृत्तिका लागि आवेदन परेका सबै विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छौ , थप जानकारी सार्वजनिक हुन बाँकी रहेको छ भनेर लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले बताए । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin