१४ श्रावण २०८३, बिहीबार
बि प्लस खबर

कैलालीका सार्वजनिक यातायातमा जर्सी वितरण, यात्रुको सुरक्षा र सेवामा नयाँ सुरुवात

खबर सम्बाददाता २५ असार २०८३, बिहीबार
कैलालीका सार्वजनिक यातायातमा जर्सी वितरण, यात्रुको सुरक्षा र सेवामा नयाँ सुरुवात

कैलाली । कैलाली जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायातका चालक, सहचालक तथा परिचालकलाई पहिचानसहितको पोशाक (जर्सी) वितरण गरिएको छ। संयुक्त यातायात व्यवस्थापनको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाभरका यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सभापतित्व सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की सहभागी थिए।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य एवं सुन्दर सुदूरपश्चिम यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डेयले स्वागत मन्तव्य व्यक्त गर्दै यात्रु सेवाको गुणस्तर सुधार, व्यवसायलाई थप व्यवस्थित बनाउने र यातायात क्षेत्रप्रति जनविश्वास बढाउने उद्देश्यले पहिचान पोशाक वितरण गरिएको बताए।

खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले चालक तथा परिचालकको स्पष्ट पहिचानले यात्रु र व्यवसायीबीचको विश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरे। उनले यातायात क्षेत्रलाई अनुशासित र जिम्मेवार बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश संयोजक टेकराज जोशीले सार्वजनिक यातायातलाई मर्यादित, सुरक्षित र सेवामुखी बनाउन व्यवसायीहरू स्वयं जिम्मेवार हुनुपर्ने बताउँदै पहिचान पोशाकले त्यसमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

प्रमुख अतिथि प्रहरी उपरीक्षक नवराज कार्कीले पहिचान पोशाक नहुँदा चालक, सहचालक र परिचालकलाई छुट्याउन कठिनाइ हुने गरेको स्मरण गर्दै अब जर्सीले उनीहरूको पहिचान स्पष्ट हुने बताए। यसबाट यात्रुले आफूलाई सेवा दिने कर्मचारी सजिलै चिन्ने, आवश्यक पर्दा गुनासो वा सुझाव दिन सहज हुने र सार्वजनिक यातायातको सेवा थप व्यवस्थित बन्ने बताए । उनले यसले पेशाको मर्यादा बढाउनुका साथै यात्रुको सुरक्षा र विश्वाससमेत सुदृढ हुने विश्वास व्यक्त गरे।

कार्यक्रमका सभापति सापकोटाले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने अभियानअन्तर्गत पहिचान पोशाक वितरण गरिएको बताए।

उनले चालक, सहचालक र परिचालकको स्पष्ट पहिचानले दलाली, ठगी तथा अनधिकृत व्यक्तिको प्रवेश नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गर्दै यसले यात्रु र व्यवसायी दुवैलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे। आगामी दिनमा यातायात क्षेत्रलाई अझ अनुशासित, प्रविधिमैत्री र सेवामुखी बनाउने अभियानलाई निरन्तर अघि बढाइने बताए ।

कार्यक्रमको संचालन सुन्दर सुदुरपश्चिम यातायात प्रालिका महासचिव सुरेन्द्र बोहराले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin