११ श्रावण २०८३, सोमबार
बि प्लस खबर

कृष्णपुरमा “लबरु रानाथारु उच्च शिक्षा छात्रवृत्ति “कार्यक्रम बाट ६९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

खबर सम्बाददाता २५ असार २०८३, बिहीबार
कृष्णपुरमा “लबरु रानाथारु उच्च शिक्षा छात्रवृत्ति “कार्यक्रम बाट ६९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

 कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत उच्च शिक्षा अध्ययनरत ६९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।

नगरपालिकाको ‘लबरु रानाथारु उच्च शिक्षा छात्रवृत्ति वितरण कार्यक्रम ‘ अन्तर्गत दलित कोटाबाट २० जना, अपाङ्गता कोटाबाट २ जना ,लक्षित समुहबाट १ जना र जनजाति कोटाबाट ४६ जना गरी कुल ६९ जना विद्यार्थीलाई जनही रु. ५,००० का दरले ३ लाख ४८ हजार रुपैया बराबरको  छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू कञ्चनजंगा क्याम्पस र कञ्चन बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनरत रहेका छन् । 

कृष्णपुर नगरपालिकाले उच्च शिक्षामा अध्ययनरत आर्थिक तथा सामाजिक रूपमा लक्षित वर्गका विद्यार्थीलाई शिक्षामा निरन्तरता सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको भनेर नगर प्रमुख हेमराज ओझाले बताए ।

कृष्णपुर नगरपालिकाले २०८३ जेठ ६ गते सूचना प्रकाशन गरी आवेदन माग गरेको थियो । प्राप्त आवेदनबाट दलित, जनजाति, अपाङ्गता भएका विद्यार्थी तथा अन्य लक्षित समूहबाट छनौट भएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin