११ श्रावण २०८३, सोमबार
बि प्लस खबर

सेती र महाकालीमा टीभीएसको सबैभन्दा शक्तिशाली ‘Apache RTR 160 4V’ सार्वजनिक

खबर सम्बाददाता १ श्रावण २०८३, शुक्रबार
सेती र महाकालीमा टीभीएसको सबैभन्दा शक्तिशाली ‘Apache RTR 160 4V’ सार्वजनिक

धनगढी, साउन

नेपालका लागि टीभीएस मोटर कम्पनी (TVSM) को आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले सेती र महाकाली क्षेत्रमा आफ्नो नयाँ मोटरसाइकल TVS Apache RTR 160 4V सार्वजनिक गरेको छ। धनगढी स्थित होटल पोवामा आयोजित एक विशेष कार्यक्रमका बीच आधिकारिक डिलरसिप पार्टनर्स, मिडियाकर्मी तथा बाइक प्रेमीहरूको उपस्थितिमा यो बाइक सार्वजनिक गरिएको हो।

​जगदम्बा मोटर्सका प्रिमियम सेल्स हेड बिपिन बोगटीका अनुसार, विगत दुई दशकदेखि रेसिङलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउँदै आएको टीभीएस एपाचेले यस पटक नेपालकै सबैभन्दा शक्तिशाली १६० सीसी (cc) सेगमेन्टकै पहिलो बाइक बजारमा ल्याएको हो।

​मुख्य विशेषताहरू र प्रविधि

​कम्पनीले यस नयाँ संस्करणमा राइडरको सुरक्षा, रात्रिकालीन दृश्यात्मकता (Visibility) र नियन्त्रणलाई अझ सुदृढ बनाउन नयाँ प्रविधिहरू थप गरेको छ। यस सेगमेन्टमै पहिलो पटक समावेश गरिएका विशेषताहरू निम्न छन्:

  • प्रोजेक्टर हेडल्याम्प र युएसडी (USD) सस्पेन्सन: ३७ एमएम अपसाइड डाउन फोक्स (USD Forks) र आकर्षक प्रोजेक्टर हेडल्याम्प।
  • स्मार्ट कनेक्टिभिटी: ५ इन्चको डिजिटल TFT क्लस्टर।
  • राइड मोडहरू: यो बाइकमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइड मोडहरू उपलब्ध छन्।
    • स्पोर्ट मोड: १७.५५ PS शक्ति @ ९२५० rpm
    • अर्बन/रेन मोड: १५.६४ PS शक्ति @ ८६५० rpm
  • सुरक्षा: थप सुरक्षाका लागि ड्यूअल-च्यानल ABS जडान गरिएको छ।
  • इन्जिन र गियरबक्स: १५९.७ सीसी इन्जिन र ५-स्पीड गियरबक्स।
  • इन्धन ट्याङ्की: १२ लिटर क्षमता।

​बजार मूल्य र उपलब्धता

​यो मोटरसाइकल म्याट ब्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीनवटा आकर्षक रङहरूमा उपलब्ध छ। जगदम्बा मोटर्सले यो नयाँ एपाचे बाइकको शोरुम मूल्य रु. ४,२९,९००/- तोकेको छ।

​४४ वर्षको रेसिङ विरासत बोकेको टीभीएस एपाचेको यो नयाँ मोडलले नेपाली अटोमोबाइल बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्ने र युवा राइडरहरूको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin