११ श्रावण २०८३, सोमबार
बि प्लस खबर

राष्ट्रिय परीक्षा बोर्डको नतिजामा लालझाडिका रानाथारु समुदायका विद्यार्थी जयन्ती र पहिलाद सम्मानित

खबर सम्बाददाता १ श्रावण २०८३, शुक्रबार
राष्ट्रिय परीक्षा बोर्डको नतिजामा लालझाडिका  रानाथारु समुदायका विद्यार्थी  जयन्ती र पहिलाद सम्मानित

धनगढी, १ असार

राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा लिइएको परीक्षामा रानाथारु समुदायका विद्यार्थीहरूले उत्साहजनक नतिजा ल्याएका छन्। लालझाडी गाउँ पालिकामा सार्वजनिक गरिएको सहभागी १४ जना रानाथारु विद्यार्थीहरूको विवरण अनुसार, छात्रातर्फ जयन्ती राना र छात्रतर्फ पहिलाद रानाले समुदायमै सबैभन्दा उत्कृष्ट अंक (GPA) हासिल गर्न सफल भएका छन्। लालझाडी ४ का युवा अभियानता हाल रोजगारका सिलसिलामा प्रदेश रहेका भोजराज रानाले दुबै जना लाई नगद १००००/१०००० हजार रुपैया सहित सम्मान गरेका छन् ।

​कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट सेकेन्डरी स्कुलकी छात्रा जयन्ती रानाले ३.७० जीपीए (GPA) प्राप्त गर्दै सम्पूर्ण रानाथारु विद्यार्थीहरूमध्येकै ‘हाइएस्ट फीमेल जीपीए’ (सर्वोत्कृष्ट छात्रा) को उपाधि पाएकी छिन्।

​त्यसैगरी, कञ्चनपुरकै अनिरुद्र इङ्लिस स्कुल, पिपलाडीका छात्र पहिलाद रानाले ३.४१ जीपीए (GPA) ल्याएर छात्रतर्फ समुदायमै पहिलो (हाइएस्ट मेल जीपीए) स्थान सुरक्षित गरेका छन्।

उत्तीर्ण विद्यार्थीहरूको विवरण र जीपीए:

​सार्वजनिक सूची अनुसार कञ्चनपुर र कैलालीका विभिन्न विद्यालयहरूबाट परीक्षामा सहभागी अन्य रानाथारु विद्यार्थीहरूले पनि राम्रो जीपीए ल्याएका छन्:

  • मोनिका राना: ३.४४ जीपीए (मोर्निङ ग्लोरी हायर सेकेन्डरी स्कुल)
  • रिया राना: ३.४२ जीपीए (कैलाली मोडेल सेकेन्डरी स्कुल, उत्तर बेहडी, कैलाली)
  • चेतना राना: ३.३६ जीपीए (क्रेसेन्ट सिटी स्कुल, धनगढी)
  • उमेश राना: ३.२४ जीपीए (वेस्ट पोइन्ट इङ्लिस स्कुल, झलारी, कञ्चनपुर)
  • सुजिता राना: ३.१८ जीपीए (अनिरुद्र इङ्लिस स्कुल, पिपलाडी, कञ्चनपुर)
  • करुणा राना: ३.१५ जीपीए (आदर्श विद्या निकेतन सेकेन्डरी, महेन्द्रनगर)
  • प्रमोद राना: ३.१४ जीपीए (ग्यालेक्सी सेकेन्डरी स्कुल)
  • बिनिता राना: ३.१३ जीपीए (आदर्श विद्या निकेतन सेकेन्डरी, महेन्द्रनगर)
  • राजकुमारी राना: ३.०१ जीपीए (ऐश्वर्य बहुमुखी/विद्या निकेतन, कैलाली)
  • अनुप राना: २.९९ जीपीए (क्रेसेन्ट सिटी स्कुल, धनगढी)
  • आयुश राना: २.९९ जीपीए (श्री शारदा राष्ट्रिय स्कुल, लालझाडी-१, कञ्चनपुर)

​यसका साथै रौलेश्वर सेकेन्डरी स्कुलकी छात्रा किरण रानाले पनि ३.५० जीपीए जस्तो उत्कृष्ट अंक ल्याएकी छिन्।

​रानाथारु समुदायका प्रतिभाहरूले शिक्षा क्षेत्रमा देखाएको यो प्रगतिले स्थानीय स्तरमा निकै खुसीयाली छाएको छ भने उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विभिन्न संघसंस्थाहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।

भोजराज रानाले यस भन्दा पहिले पनि एस इ इ मा उत्कृष्ट बिद्यार्थी निजि तथा सरकारी विद्यालय गरि ३ जनालाई जनहि ५००० क दर ले सहयोग गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin