फिफा विश्वकप फाइनलमा स्पेनले उपाधि जितेसँगै सही विजेता अनुमान गर्ने निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका कर्मचारीहरूमध्ये चार जना लक्की ड्रमार्फत विशेष उपहारका लागि छनोट भएका छन् । कर्मचारीहरूबीच उत्साह, मनोरञ्जन र टोली भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित “विश्वकप फाइनल विजेता अनुमान प्रतियोगिता” का विजेताहरूलाई हस्पिटलले सम्मान गरेको हो ।
सम्मानित हुनेहरुलाई अस्पतालका अध्यक्ष तीर्थराज पन्त सहित नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदिप मिश्र तथा स्टाफहरु उपहार हस्तान्तरणमा उपस्थित रहेका थिए । लक्की ड्रमार्फत छनोट भएका विजेतामा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सुनिल तामाङ, स्टाफ नर्स बन्दना ढुङ्गाना, फार्मेसी सहायक बिपिन राना तथा फिजियोथेरापी हेल्पर कल्पना चौधरी रहेका छन् ।
हस्पिटलले विजेताहरूलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा सहभागी सबै कर्मचारीप्रति आभार व्यक्त गरेको छ । यस्ता, सिर्जनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रमले कर्मचारीहरू बीच आपसी सद्भाव, सहकार्य, टोली भावना र आत्मीय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।