Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

सुदूरपश्चिममा आज नेकपा संसदीय दलको बैठक, असोज दोस्रो साता भित्र बजेट ल्याउने तयारी

खबर सम्बाददाता ५ आश्विन २०८३, सोमबार
सुदूरपश्चिममा आज नेकपा संसदीय दलको बैठक, असोज दोस्रो साता भित्र बजेट ल्याउने तयारी

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको ३ महिना पुग्नै लाग्दा समेत अन्यौलता कायम रहेको बजेटलाई अन्ततः असोजको दोस्रो साता भित्र प्रदेश सभामा पेस गर्ने तयारी अघि बढाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस गर्ने गरि तयारी अघि बढाएको मुख्यमन्त्री खगराज भट्टले बताए ।


अघिल्लो सरकारले असार १ गते आर्थिक वर्ष २०८३÷८४ का लागी बजेट प्रदेश सभामा पेश गरेको थियो । तर सत्ता समिकरणमा आएको परिवर्तन संगै उक्त बजेट पारित हुन नसक्दा साउन १ गते देखि नै प्रदेश सरकार बजेट विहीन अवस्थामा छ । हाल मुख्यमन्त्री खगराज भट्ट नेतृत्वमा गठित सरकारले अघिल्लो बजेटलाई पुनरावलोकन तथा परिर्माजन सहित पुर्नलेखत गर्दै भदौ मसान्तभित्र बजेट ल्याउने बताइएको थियो । तर राजनीतिक संगै प्रशासनिक विषयमा सृजना भएको अन्यौल्ताका कारण बजेट ल्याउन ढिलाइ भएको मुख्यमन्त्री भट्टले बताए ।

अब भने असोज दोस्रो साताभित्रै बजेट ल्याउने तयारी भइरहेको र स्वहि अनुसार आर्थिक मामिला मन्त्रालयले बजेट निर्माणका लागि मार्गदर्शन सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको छ । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि बजेट पारित हुन नसक्दा सरकारका नियमित कार्यक्रम तथा विकास निर्माणका काम प्रभावित भईरहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin