५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

बाढीले खोसेकी पुष्पाको सम्झनामा भोजन सेवा, काँसको प्रतिमा बनाएर गरिएको थियो अन्तिम संस्कार

खबर सम्बाददाता ५ आश्विन २०८३, सोमबार
बाढीले खोसेकी पुष्पाको सम्झनामा भोजन सेवा, काँसको प्रतिमा बनाएर गरिएको थियो अन्तिम संस्कार

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकी २४ वर्षीया पुष्पा शाहीको स्मृतिमा भोजन सेवा गरिएको छ ।

परिवारजनले सोमबार धनगढी स्थित दृष्टि फाउण्डेसन नेपालमा आश्रितहरूलाई बिहानको भोजन गराउँदै पुष्पाको स्मरण सहित उनको चिरशान्तिको कामना गर्दै भोजन सेवा आयोजना गरेको पुष्पाका भिनाजु दिपेन्द्र सिंहले बताए ।


धनगढी घर भएकी शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको रसुवा स्थित बेत्रावती शाखामा कार्यरत थिइन् । भोटेकोशी नदीमा आएको बाढीका दिनदेखि उनी सम्पर्क विहीन भएकी थिइन्। बाढीले उनी कार्यरत लघुवित्तको शाखा कार्यालयसमेत पूर्ण रूपमा बगाएको थियो।
घटनापछि उद्धार टोली तथा परिवारजनले उनको खोजीका लागि निरन्तर प्रयास गरे पनि लामो समयसम्म कुनै अत्तोपत्तो लाग्न सकेन । शरीर वा पहिचान खुल्ने कुनै सामग्री समेत फेला नपरेपछि परिवारले असोज २ गते हिन्दू संस्कार अनुसार काँसको प्रतिमा बनाएर अन्तिम संस्कार गरेको जनाएको छ ।
पुष्पाको खोजी प्रयास असफल भए पनि परिवारले उनको सम्झनालाई सामाजिक सेवासँग जोड्दै दृष्टि फाउण्डेसनमा आश्रितहरूलाई भोजन सेवा गरेको हो । परिवार तथा आफन्तजनले पुष्पाको वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin