७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

अगामी असाेजकाे ९ गते देखि ११ गते सम्म भारी वर्षाकाे सम्भावना

खबर सम्बाददाता ७ आश्विन २०८३, बुधबार
अगामी असाेजकाे ९ गते देखि ११ गते सम्म भारी वर्षाकाे सम्भावना

अगामी असाेज ९ गते शुक्रबारदेखी ११ गते आईतबारसम्म देशका अधिकांश ठाउँमा भारी वर्षा हुने सम्भावना रहेकाे नेपाल माैसम विज्ञान विभागले जनाएकाे छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ /हवाहुरीसहित एकदुई स्थानमा भारीदेखी अति भारी वर्षा हुने समेत सम्भावना रहेकाे साथै मधेस प्रदेश तथा काेशी,बागमति र सुदुरपस्चिम प्रदेशका थाेरै स्थानमा पनि मेघगर्जन/चट्याङ /हवाहुरीसहित भारीदेखी धेरै भारी वर्षा हुने सम्भावना रहेकाे छ,यसैगरी कर्णाली प्रदेशका थाेरै स्थानमा भारी वर्षा समेत हुने भनेर माैसमविद्ले विशेष जानकारी दिएका छन् ।

यसैगरी अति भारी वर्षाका कारण पाक्न लागेका धान ,तरकारी तथा फलफुलबगैचा र खेतमा पानी निकासकाे व्यवस्थाका साथै घरमा भएका पशु,गाई,बाख्रालाई सुरक्षित स्थानमा राख्न व्यवस्था गर्ने भनेर विशेष कृषि-माैसम सल्लाह बुलेटिनले विशेष जानकारी दिएकाे छ।

सुदुरपश्चिम प्रदेशका ३ ओटा जिल्लामा रेड अलर्ट देखाईएकाे छ ।

१.दार्चुला

२. बझाङ

३.बाजुरा

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin