८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

देउवा समूहको सकृयताः सुदूरपश्चिमका ८ सहित ५५ जिल्लामा तोक्यो संयोजक

खबर सम्बाददाता ८ आश्विन २०८३, बिहीबार
देउवा समूहको सकृयताः सुदूरपश्चिमका ८ सहित ५५ जिल्लामा तोक्यो संयोजक

समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ । पूर्वमहामन्त्री डा.शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले जिल्लामा संयोजक तोकेको हो ।
डा.कोइरालाले नै हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई पत्र दिइरहेका छन् । यही असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको समूहले ५५ जिल्लामा संयोजक तोकेको नेता एनपी साउदले जानकारी दिए ।

साउदका अनुसार सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएका छन् । बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेम बहादुर डगौरा थारु संयोजक तोकिएका छन् ।
कञ्चनपुरमा संयोजक तोकिएका बोगटी यअसघि नै जिल्ला सभापति थिए । उनी अहिले संस्थापन विरोधी कित्तामा उभिएका हुन् । यस्तै कैलालीमा राम समझ रानालाई सहसंयोजक तोकिएको छ । संयोजकहरूले जिल्लाबाट इतर समूहका गर्नु पर्ने आवश्यक काम गर्नेछन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin