९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

सुदूरपश्चिममा लामो दूरीका बस सञ्चालनमा रोक, टाढाका यात्रु समस्यामा

खबर सम्बाददाता ९ आश्विन २०८३, शुक्रबार
सुदूरपश्चिममा लामो दूरीका बस सञ्चालनमा रोक, टाढाका यात्रु समस्यामा

सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका विभिन्न रुटमा चल्ने लामो दूरीका सार्वजनिक बस बन्द गरिएको छ ।


शुक्रबार देखि आइतबार सम्मका लागि विभिन्न यातायात समितिले लामो दूरीका बस सञ्चालनमा रोक लगाएका छन् । सुदूरपश्चिमबाट पहाडी रुटसँगै काठमाडौं, पोखरा लगायत पूर्वतर्फ जाने लामो दूरीका बस समेत तत्कालका लागि सञ्चालन नगर्ने निर्णय गरिएको छ।
लामो दूरीका सार्वजनिक बस बन्द गरिए संगै सेवा प्रभावित भएपछि यात्रुहरू भने अलपत्र परेका छन् । बस सञ्चालनमा रोक लगाउने निर्णयबारे पूर्व सूचना नपाउँदा उपचार लगायत भारतदेखि विभिन्न कामका लागि सुदूरपश्चिमका पहाडी जिल्लाबाट धनगढी आएका यात्रुहरू समस्यामा परेका हुन् ।
सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले लामो दूरीका सवारी साधन सञ्चालनमा सावधानी अपनाउन आग्रह गरेपछि यातायात व्यवसायीले पनि सेवा स्थगित गरेका हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin