९ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

मौसम प्रभावः दोधारा चाँदनीमा १४ परिवारको सामान सुरक्षित स्थानमा सारियो

खबर सम्बाददाता ९ आश्विन २०८३, शुक्रबार
मौसम प्रभावः दोधारा चाँदनीमा १४ परिवारको सामान सुरक्षित स्थानमा सारियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जोगबुढा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय १४ परिवारको सामान सुरक्षित स्थानमा सारिएको छ ।
सम्भावित भारी वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय १४ परिवारको सामान सुरक्षित स्थानमा सारिएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले उक्त नगरपालिका–३ मा पटरा खल्लामा १४ घर परिवारको अन्नबाली लगायत सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि आवश्यक विपद् उद्धार सामग्रीसहित तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा रहेको जनाएको छ । जिल्लाभरको सम्भावित विपद् क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा ‘कमाण्ड पोष्ट’ स्थापना भई आवश्यक निगरानी समेत बढाइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin