१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

सुदूरपश्चिमका विभिन्न क्षेत्रमा शुक्रवार देखि लगातार वर्षा,सतर्कता अपनाउन आग्रह

खबर सम्बाददाता १० आश्विन २०८३, शनिबार
सुदूरपश्चिमका विभिन्न क्षेत्रमा शुक्रवार देखि लगातार वर्षा,सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमका विभिन्न क्षेत्रमा शुक्रवार देखि लगातार वर्षा भइरहेको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा शुक्रवार देखि भइरहेको वर्षा आइतबार सम्मै जारी रहने छ । पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका मौसमविद् डेभिड ढकालले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको आकलन रहेको बताए । सुदूरपश्चिम र कर्णालीमा भने शुक्रबार भन्दा बढी वर्षा हुने देखिन्छ ।
आइतबार वर्षा थोरै घट्ने देखिएको छ । तर, कर्णाली र सुदूरपश्चिममा भने ठुलो वर्षा कायमै हुने देखिन्छ । सोमबार भने सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना छ भने अन्यत्र मौसममा सुधार आउने देखिन्छ । मंगलबारबाट भने देशभर मौसममा सुधार आउने आकलन छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin