१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

सुदूरपश्चिमका ७ पहाडि जिलामा यातायात बन्द, बन्दलाई असोज ११ गते बिहानसम्म निरन्तरता दिईने

खबर सम्बाददाता १० आश्विन २०८३, शनिबार
सुदूरपश्चिमका ७ पहाडि जिलामा यातायात बन्द, बन्दलाई असोज ११ गते बिहानसम्म निरन्तरता दिईने

लगातार भइरहेको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका ७ पहाडि जिलामा यातायात बन्द गरिएको छ ।
लगातार भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै अछाम,बैतडी,बाजुरा,डडेल्धुरा,दार्चुला,डोटी,बझाङमा यातायात बन्द गरिएको हो । जिल्लाहरुमा लामो तथा छोटो दूरीका सबै प्रकारका सवारी साधन सञ्चालनमा लगाइएको रोकलाई असोज ११ गते बिहानसम्म निरन्तरता दिइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाजुरालाई अति जोखिमयुक्त जिल्लाको सूचीमा राखेको र असोज ९ गते दिउँसोदेखि लगातार वर्षा भइरहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले सर्वसाधारणलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । अत्यावश्यक वा आकस्मिक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin