१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

बाढीको जोखिमपछि दोधारा–चाँदनीका ५ परिवार विद्यालयमा सारिए, अन्य क्षेत्रमा पनि सचेत रहन आग्रह

खबर सम्बाददाता १० आश्विन २०८३, शनिबार
बाढीको जोखिमपछि दोधारा–चाँदनीका ५ परिवार विद्यालयमा सारिए, अन्य क्षेत्रमा पनि सचेत रहन आग्रह

लगातार भइरहेको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ झर्का टोलका ५परिवारलाई विद्यालयमा सारिएको छ ।

जगबुडा नदीको बहाव बढ्न थालेपछि बाढीको जोखिममा ५ सरसामानसहित जनज्योति माध्यमिक विद्यालयमा सारिएको हो । यसअघि दोधारा–चाँदनी–३ पटेराखल्लाका १४ परिवार पनि जमुना आधारभूत विद्यालयमा सरेका थिए ।
दोधारा–चाँदनीमा जगबुडा र महाकाली नदीका कारण डुबान तथा कटानको जोखिम रहँदै आएको छ । विगतमा परेको भारी वर्षाका कारण जिल्लाका महाकाली, जगबुडा, चौधर, सुनबरा, दोदा, भुजेला, झरनाखोला, अनखोला लगायत स–साना नदीखोलामा डुबान, कटान र पटान हुँदै आएको छ ।

सम्भावित जोखिम सामना गर्न कञ्चनपुरका सरोकारवाला निकाय तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin