१० आश्विन २०८३, शनिबार
बि प्लस खबर

आईतबार सुदुरपश्चिमका विभिन्न स्थानमा अत्याधिक हावाहुरी चल्ने सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

खबर सम्बाददाता १० आश्विन २०८३, शनिबार
आईतबार सुदुरपश्चिमका विभिन्न स्थानमा अत्याधिक हावाहुरी चल्ने सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

लगातार भइरहेको वर्षा संगै मधेश प्रदेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका तराईं क्षेत्रमा ठूलो हावा पनि चलिरहेको छ । भारतको उत्तर प्रदेशको आसपासमा रहेका न्युनचापीय क्षेत्रको प्रभावका कारण आज राती पनि ती क्षेत्रमा ठूलो हावाहुरी चल्ने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले सुचना जारी गरेको छ ।
यस्तै,आईतबार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानहरु समेत अत्याधिक हावाहुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
हाल तल्लो वायुमण्डलमा हावाहुरी चलेको कारण मौसममा परिवर्तन देखिएको मौसमविद्ले जनाएका छन् ।
सम्बन्धित जोखिम भएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र कमजोर संरचना र रुखमुनि नबस्न मौसम विभागले आग्रह गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin