२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिमका पहाडी सडकहरु भासिन थाले, आवागमनमा थप चुनौती

खबर सम्बाददाता ११ आश्विन २०८३, आईतवार
सुदूरपश्चिमका पहाडी सडकहरु भासिन थाले, आवागमनमा थप चुनौती

निरन्तर भईरहेको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्ला तर्फका विभिन्न सडकहरु भासिन थालेका छन् ।


अछामको चौरपाटी गाउँपालिका स्थित चौखुट्टे–साँफेबगर सडकखण्ड भासिएको छ । यस्तै डोटीको शिखर नगरपालिका ३ को रामपुर स्थित दिपायल डडेलधुरा सडक खण्डको मुख्य सडक अन्दाजी २० मिटर बाटो भासिएको छ । वर्षाका कारण सडकको केही भाग भासिएपछि उक्त सडक खण्डहरुमा सवारी साधन आवतजावत जोखिमपूर्ण बनेको छ ।
भासिएको सडकको तत्काल निरीक्षण गरी मर्मत तथा सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् ।
यसैबीच, निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानका सडकमा चिरा पर्ने, भासिने तथा पहिरो जाने क्रमसमेत बढेको छ ।
यसले लामो तथा छोटो दूरीका सवारीसाधनको आवागमनमा चुनौती थपिएको छ । वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरिरहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin