धनगढीमा एसपिए लिटल फ्लावर प्राइड लिग असोज १५ गतेदेखि आयोजना हुने भएको छ । एसपिए लिटल फ्लावर प्राइड लिग (पुरुष सिनियर खुल्ला टि–२० क्रिकेट प्रतियोगीता) असोज १५ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ ।
आयोजक संस्था लिटल फ्लावर स्पाटर्स एण्ड इभेण्टस धनगढीले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगीताको मिति सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विभिन्न विधामा नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई ५–५ हजार रुपैयाँ तथा इमर्जिङ प्लेयरलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिनेछ । लिटल फ्लावर स्पाटर्स एण्ड इभेण्टस धनगढीले सिनियर स्तरको कृकेटको प्रर्वद्धन एवं विकास गर्नको निम्ती लामो समयदेखी विभिन्न प्रतिस्पर्धात्मक प्रतियोगिताहरुको आयोजना गर्दै अएको छ ।