बझाङका जयपृथ्वी नगरपालिका–१ कैलाशका ३६ वर्षीय धर्म खड्काको मृत्यु भएको छ । उनको शनिबार साँझ भारतको केदारनाथमा डोली बोक्ने क्रममा ढुंगा लागेर मृत्यु भएको हो ।
खड्का केदारनाथ क्षेत्रमा तीर्थयात्रीलाई डोलीमा बोकेर जीविकोपार्जन गर्दै आएका थिए । मृत्यु भएका धर्मको शव नेपाल ल्याउन समेत परिवारलाई आर्थिक समस्या परेको छ । परिवारका सदस्यले आर्थिक अभावका कारण शव नेपाल ल्याउन समस्या भइरहेको बताएका छन् । उनको परिवारले शव नेपाल ल्याउन सहयोगको अपेक्षा गरेको छ ।