डडेल्धुरामा प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । ।
बैतडीको सिगास गाउँपालिका–३ घर भएका प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत रहदै आएका बोहरा अमरगढी नगरपालिका–५ को स्थानीय जंगलमा मृत भेटिएका हुन ।
उनी जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएको खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।