२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

दशैं तिहारमा भाडा नबढ्ने, यात्रुलाई राहत

खबर सम्बाददाता १३ आश्विन २०८३, मंगलवार
दशैं तिहारमा भाडा नबढ्ने, यात्रुलाई राहत

नेपालीहरूको प्रमुख चाड दसैँ–तिहार नजिकिँदै गर्दा सार्वजनिक यातायात व्यवसायीहरूले यात्रुको चाप बढे पनि भाडा नबढाउने प्रतिबद्धता जनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम भाडादरमै यात्रुलाई सेवा दिने बताएका हुन् ।

उनले चाडपर्वमा अग्रिम टिकट बुकिङभन्दा पनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु मुख्य चुनौती रहेको बताए । सडकको दयनीय अवस्था र ठाउँ–ठाउँमा भइरहेको अवरोधका बाबजुद सरकारसँग समन्वय गरेर यातायात सेवा सञ्चालन गरिने उनको भनाइ छ ।
चाडपर्वका बेला घर फर्किने यात्रुको संख्या बढ्ने भएकाले सार्वजनिक यातायातमा चाप बढ्ने गरेको छ । विगतमा यात्रुको चापको फाइदा उठाउँदै तोकिएको भन्दा बढी भाडा असुल्ने तथा यात्रुसँग दुव्र्यवहार हुने गुनासा आउने गरेका थिए । यस वर्ष भने त्यस्ता समस्या हुन नदिने व्यवसायीहरूले बताएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin