२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

टि–१० प्रतियोगितामा चैतन्यको दबदबा, फाइनल खेलको यात्रा तय

खबर सम्बाददाता १३ आश्विन २०८३, मंगलवार
टि–१० प्रतियोगितामा चैतन्यको दबदबा, फाइनल खेलको यात्रा तय

टि–१० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै चैतन्य पाठशालाले बझाङ जिल्ला क्रिकेट संघलाई ४ विकेटले पराजित गरेको छ । रोमाञ्चक बनेको यस खेलसँगै चैतन्य पाठशालाले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आज सम्पन्न खेलमा टस जितेको चैतन्य पाठशालाले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङका लागि मैदान उत्रिएको बझाङ जिल्ला क्रिकेट संघले निर्धारित १० ओभरमा संयमित खेल प्रदर्शन गर्दै ९३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पार्यो । चैतन्यका बलरहरूले सुरुआतदेखि नै कसीलो बलिङ गर्दै विपक्षी टोलीलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।

९४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको चैतन्य पाठशालाले आत्मविश्वासपूर्ण सुरुआत गर्यो । नियमित अन्तरालमा विकेट गुमाए पनि ब्याट्सम्यानहरूले आवश्यक रनगति कायम राख्दै टोलीलाई जिततर्फ अग्रसर गराए । अन्ततः ९ ओभरमै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै चैतन्यले ४ विकेटको महत्वपूर्ण जित दर्ता गर्यो ।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका चैतन्य पाठशालाका मिलन बोहोरा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले टोलीको जितमा प्रभावशाली योगदान पु¥याउँदै निर्णायक भूमिका निर्वाह गरेका थिए ।

यस जितसँगै चैतन्य पाठशालाले प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधि नजिक पुगेको चैतन्य अब फाइनलमा विजेता बन्ने लक्ष्यसहित मैदान उत्रिनेछ । विद्यालयको टोलीले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताभर प्रभावशाली यात्रा कायम राखेको छ । जसले खेलप्रेमी तथा विद्यालय परिवारमा थप उत्साह थपेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin