२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कृष्णपुर नगरपालिकाद्वारा ६ सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

खबर सम्बाददाता १४ आश्विन २०८३, बुधबार
कृष्णपुर नगरपालिकाद्वारा ६ सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ६ वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुका साथै विद्यार्थीलाई विद्यालय आउजाउमा सहज बनाउने उद्देश्यले नगरपालिकाले बस हस्तान्तरण गरेको हो।

नगरपालिकाले वडा नम्बर ६ स्थित महाकाली माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित नन्द माध्यमिक विद्यालय र उदय माध्यमिक विद्यालय, वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ४ स्थित कृष्ण माध्यमिक विद्यालय र वडा नम्बर ८ स्थित वीणा माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो।

बुधबार आयोजित कार्यक्रममा नगरपालिकाका मेयर हेमराज ओझा र उपप्रमुख द्रौपती रानाले संयुक्त रूपमा विद्यालयका प्रतिनिधिलाई बस हस्तान्तरण गरेका हुन्। नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिगोटा ४५ लाख ४५ हजार रुपैयाँका दरले बस खरिद गरेको मेयर ओझाले जानकारी दिए। हस्तान्तरण गरिएका बस ५० सिट क्षमताका टाटा कम्पनीका २०२६ मोडलका हुन्। बसमा बीएस–६ प्रविधियुक्त ३२ सय सीसीको इन्जिन रहेको छ।

मेयर ओझाका अनुसार विद्यालयलाई बस उपलब्ध गराउनुअघि नगरपालिकाले बस सञ्चालन गर्न सक्ने विद्यालयबाट प्रस्ताव मागेको थियो। विद्यालयको आवश्यकता, सञ्चालन क्षमता लगायतका आधार तय गरी प्रस्ताव माग गर्दा ६ वटा विद्यालयले बस सञ्चालन गर्न सक्ने जनाएपछि ती विद्यालयलाई बस हस्तान्तरण गरिएको हो। सामुदायिक विद्यालयलाई नगरपालिकाले आफ्नै लगानीमा बस उपलब्ध गराएको कार्यलाई उनले नमुनाका रूपमा दाबी गरे।

बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्न र विद्यार्थीलाई विद्यालय आउजाउमा सहज बनाउन बस उपलब्ध गराएका हौँ, मेयर ओझाले भने। बस सञ्चालन भएपछि चालक व्यवस्थापन, इन्धनलगायतका खर्च भने सम्बन्धित विद्यालयले नै व्यहोर्ने व्यवस्था गरिएको छ।

महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरनसिंह बोगटीले विद्यालयलाई बस प्राप्त भएपछि विद्यार्थीको आवतजावतमा सहज हुने बताए। नगरपालिकाले बस उपलब्ध गराएपछि विद्यालयको यातायात व्यवस्थापनमा ठूलो सहयोग पुगेको उनले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin