२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

पुल भाँचिएपछि आवागमनमा समस्या, क्षतिको प्राविधिक अध्ययन सुरु

खबर सम्बाददाता १४ आश्विन २०८३, बुधबार
पुल भाँचिएपछि आवागमनमा समस्या, क्षतिको प्राविधिक अध्ययन सुरु

कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुलमा भएको क्षतिबारे सरकारले प्राविधिक अध्ययन थालेको छ । आज बिहान झोलुङ्गे पुलको एउटा स्पान र बीचको टावर नै भाचिएछि पूर्णरुपमा आउ–जाउ बन्द भएको छ ।
कञ्चनपुरका प्रमुख जिला अधिकारी मदन कोइरालाले आज बिहान क्षतिग्रस्त पुलको निरीक्षण गर्दै पुल कसरी क्षतिग्रस्त भयो भन्नेबारे प्राविधिक अध्ययन अगाडि बढाइने बताए ।
कोइरालाका अनुसार पुलको क्षतिको प्राविधिक कारण पहिचान गर्न सुदूरपश्चिम प्रदेशको यातायात मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयको प्राविधिक टोली बोलाइएको छ । उक्त टोलीले स्थलगत निरीक्षण गरी पुल कसरी क्षतिग्रस्त भयो भन्ने प्राविधिक विश्लेषण गर्ने छ ।
प्राविधिक टोलीको रिपोर्ट प्राप्त भएपछि सम्बन्धित निकायसँग समन्वय गरी पुललाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउने प्रजिअ कोइरालाको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin