धनगढी उपमहानगरपालिकाले विगत आर्थिक वर्ष २०८१÷८२ देखि सञ्चालन गर्दै आएको शनिवारीय महिला उद्यम बजार यस वर्ष पनि सञ्चालन गर्ने भएको छ ।
महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय तथा घरेलु सामग्रीको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन हुँदै आएको उक्त बजार २०८३ साल असोज २४ गतेदेखि पुनः सञ्चालनमा आउने भएको हो ।
बजारमार्फत स्थानीय महिला उद्यमीलाई आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको उद्यमशीलता प्रवद्र्धन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले महिला उद्यमीलाई उत्पादनको उचित बजार उपलब्ध गराउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउन बजारलाई निरन्तरता दिँदै आएको छ ।