नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आठ फ्रेन्चाइज टोली सहभागी हुने प्रतियोगिता भोलिदेखि कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। खेल भोलि साँझ ५ बजे सुरु हुनेछ ।
नेपाली क्रिकेटको लोकप्रिय घरेलु प्रतियोगिताका रूपमा स्थापित एनपीएलको उद्घाटन खेलमै साविक विजेता र उपविजेताबीच प्रतिस्पर्धा हुने भएपछि क्रिकेटप्रेमीको ध्यान आकर्षित हुने अपेक्षा गरिएको छ ।